धर्म–संस्कृति/रीतिथिति

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व

जगत ठाडा मगर
२०७८ कार्तिक २५ | बिहान ०८:०७ बजे

बुटवल । चार दिनसम्म मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज (बिहीबार) बिहान सम्पन्न भएको छ ।

आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई गाईको दुधको अर्घ दिएर सम्पन्न गरिएको हो । कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाइन्छ ।

छठपूजामा सूर्य भगवान र छठीमाइको पूजापाठ गरी अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । छठ पर्वमा व्रत बसे चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ ।

कमेन्टहरु