युनेस्कोको ४१औं महासभामा भाग लिन शिक्षा मन्त्री फ्रान्स प्रस्थान

जगत ठाडा मगर
२०७८ कार्तिक २५ | बिहान ०७:०७ बजे

काठमाडौ । युनेस्कोको ४१ औं महासभामा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल फ्रान्स प्रस्थान गरेका छन् । मन्त्री पौडेल बुधबार राति ८:२५ बजे फ्रान्सको राजधानी पेरिसमा प्रस्थान गरेका हुन् ।
१९३ राष्ट्र को प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षामन्त्री एवम् युनेस्कोका लागि नेपालका अध्यक्ष पौडेलले बिहीबार अर्थात ११ नोभेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मन्त्री पौडेलले शिक्षा क्षेत्रमा भएका प्रगति तथा उच्च शिक्षा र समावेशी जस्ता विषयलाई महत्वसाथ महासभामा उठाउनेछन् ।
यो महासभा बैठकले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महासभामा मन्त्री पौडेलसँगै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, युनेस्कोको लागि नेपालका सहायक महासचिव बाबुराम अधिकारीलगायत सहभागी हुने तय भएको छ ।






















