फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, ग्यास सिलिन्डरको १५७५

जगत ठाडा मगर
२०७८ कार्तिक २४ | मध्यान्ह ०९:०७ बजे

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।
खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ । मुल्य बढेसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्याइएको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।
त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।























