देश

एमसीसी फिर्ता लिन अमेरिकालाई वामदेव गौतमको आग्रह (विज्ञप्तिसहित)

जगत ठाडा मगर
२०७८ कार्तिक २४ | मध्यान्ह ०५:०७ बजे

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेपाल सरकार र अमेरिकासँग अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) फिर्ता गर्न आग्रह गरेका छन् ।

गौतमले बुधबार एक विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएकाले उक्त परियोजना फिर्ता गर्नुपर्ने बताएका हुन् । ‘एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएकाले उक्त परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु’, गौतमले विज्ञप्तिमार्फत भनेका छन् ।

‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न’ गौतमले विज्ञप्तिमार्फत भनेका छन्, ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

नेपालको अवस्था मध्यनजर गरेर एकपक्षीय रुपमा भए पनि एमसीसी परियोजना फिर्ता लिन गौतमले अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।

हेर्नुहोस यस्तो छ विज्ञप्ति :-

photo 2021 11 10 04 06 53

कमेन्टहरु