पश्चिम नवलपरासीमा छठ पर्व भव्य रुपले मनाउँदै


सुरेश यादव
नवलपरासी / कार्तिक २४ । आज पश्चिम नवलपरासीको सात वटै स्थानीय तहमा छठ पर्व भव्य रुपले भगतजनहरु मनाउँदै छन् ।
जिल्लाको रामग्राम, सुनवल, बर्दघाट,पाल्हिनन्दन,सरावल, प्रतापपुर र सुस्तामा हर्ष उलासका साथ छठ पर्वकाे राैनक बढेकाे छ । छठ पर्वकाे व्रत बस्नेले ३६ घण्टा निर्जल बस्ने आजकाे दिन अस्ताउदाे सुर्यकाे पुजा पाठ गर्ने र भाेलि उदाउँदो सुर्यलाई अर्घ दिदै छठ पर्वकाे समापन हुने भगतजनहरुकाे भनाइ रहेकाे छ ।
यस्तै पश्चिम नवलपरासीको सदरमुकाम परासीकाे झरहि नदिकाे हाटबजार, रामग्राम ४ स्थित जितपुर, सुर्यपुरामा सांस्कृतिक कार्यक्रम पनि छठ पर्वकाे अवसरमा सम्पन्न भएकाे छ । रामग्राम नगरपालिका वडा नं ४ जितपुरमा छठ पुजा व्यवस्थापन समितिकाे आयाेजनामा सांस्कृतिक कार्यक्रम एवम् छठ पुजन कार्यक्रम सम्पन्न भएकाे छ ।
छठ पुजा व्यवस्थापन समिति जितपुरका अध्यक्ष लक्ष्मण यादवकाे अध्यक्षता तथा समाजसेवी चाैथी प्रसाद काेहारकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा समाजसेवी अर्जुन बहादुर क्षेत्री, दिपक क्षेत्री, रामजी प्रजापति, पत्रकार सुरेश यादव र स्थानीयहरुकाे उपस्थिति रहेकाे थियाे ।






















