कपिलवस्तुको चन्द्रौटा बजारका दुई पसलमा आगलागी, करिब ९० लाखको क्षति


कपिलवस्तु । शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा गएराति आगलागी भएको छ । मंगलबार राति साढे ९ बजेतिर दुईवटा पसलमा आगलागी हुदा करिब ९० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए ।
उक्त आगलागीमा विष्णु भुसालले संचालन गरेको चन्द्रौटा फिक्स सप (कपडा पसल) जलेर नष्ट भएको छ । पसलमा रहेका कपडा र अन्य सामग्रीहरु सबै जलेर नष्ट भएको छ । यसैगरी भुसालको पसलसँगै रहेको बाबुराम गिरीको ल्यापटप हस्पिटल (कम्प्युटर पसल) मा समेत आगोले क्षति पुर्याएको छ ।
आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र शिवराज नगरपालिकाको दमकल परिचालन गरिएको थियो । आगलागीका कारण र क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । बिजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
दुवै पसलमा गरी करिब ९० लाखको जत्तिको क्षति भएको अनुमान छ । कपडा पसलमा ५० लाख र कम्प्युटर पसलमा ४० लाखभन्दा बढीको सामग्री जलेको संचालकहरूको भनाइ छ ।






















