Opens in a new tab

देश

पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री देउवाको चुनौती : शासन गर्ने भए चुनाव लडेर आउनुस्

जगत ठाडा मगर
२०७८ कार्तिक २४ | बिहान ११:०७ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न र शासन गर्ने भए चुनाव जितेर आउन चुनौती दिएका छन् । बुधबार बिहान गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्तिबाटीकामा आयोजना गरेको कार्यक्रम बोल्दै देउवाले यस्तो भनेका हुन् ।

आफूले प्रजातन्त्रबाहेकका कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले आफूलाई जेलमा कोचेको स्मरण गर्दै देउवाले भने, ‘त्यतिबेलादेखि नै गणतन्त्रको माहोल सुरु भयो ।’ ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ,’ देउवाले भने, ‘शासन व्यवस्थाविरुद्ध नलाग्नुस् ।’ संविधानमा केही असन्तुष्टि आफ्नो पनि रहेको बताउँदै देउवाले त्यसलाई सुधार्दै जाने बताए ।

कार्यक्रममा प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र भट्टराईलाई स्वर्ण पदकबाट सम्मानित गरेका थिए ।

कमेन्टहरु