देश

कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या, हत्यारा फरार

जगत ठाडा मगर
२०७८ कार्तिक २४ | बिहान ०८:०७ बजे

कैलाली । कैलालीमा चक्कु प्रहार गरी एक युवकको हत्या गरिएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं-१ का भुपेन्द्र बडुवालको मंगलबार राती ९ बजेतिर चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

हत्यारा चक्कु प्रहार गरेर फरार भएको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

टीकापुरको सिद्दार्थ होटेल नजिक दुई समूहबीच झडप हुँदा घटना घटेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु