Opens in a new tab

देश

भूमि आयोगको कार्यप्रगतिबारे गृहमन्त्रीले लिए जानकारी

जगत ठाडा मगर
२०७८ कार्तिक २४ | बिहान ०६:०७ बजे

काठमाडौं । गृृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय भूमि आयोगले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी लिएका छन् । खाँणले मंगलबार आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कासहितका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएका हुन् ।

आयोगका अध्यक्ष निरौलाले यसअघिको आयोगले गरेका काम र अहिलेसम्मको अवस्थाबारे सबै पालिकासँग तथ्याङ्क मागिएको मन्त्री खाँणलाई जानकारी दिए । अध्यक्ष निरौलाले उक्त तथ्याङ्क प्राप्त भएमा अहिलेसम्म के कति काम भएको छ, अब गर्नुपर्ने काम र कति समय लाग्ने भन्नेबारे स्पष्ट हुने मन्त्री खाँणलाई जानकारी गराएकाे गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

अध्यक्ष निरौलाले अहिलेसम्म ११ लाख फाराम भरिएकामा सफ्टवेयरमा जम्मा एक लाख ८४ हजारमात्रै इन्ट्री गरिएको जानकारी दिदै कात्तिक मसान्तसम्म कार्यविधि बनाएर काम सुरु गरी माघ मसान्तसम्ममा केही मात्रामा भए पनि जग्गाधनी पुर्जा बाँड्ने काममा आफुहरु लागिएको जानकारी गराए । मन्त्री खाँणले नतिजा आउने गरी काम गर्न निर्देशन दिएका थिए ।

कमेन्टहरु