पोखरा सिमलचौरबाट लागू औषधसहित दुई युवती पक्राउ


पोखरा । पोखराबाट लागू औषधसहित दुई युवती पक्राउ परेका छन् । लागू औषध बेच्नका लागि बोकेर हिँडिरहेका दुई जना युवतीलाई प्रहरीले पोखराको सिमलचौरबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सिमलचौरमा शंका लागेर चेकजाँच गर्दा लम्जुङ दोर्दी गाउँपालिका ७ घर भई पोखरा नयाँ बजार बस्दै आएका प्रेमा गुरुङ र गुल्मीको मालिका –२ घर भई हाल नयाँ बजारमा बस्दै आएकी कोपिला अर्याललाई लागू औषधसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट लागू औषध डाईजापाम ७४ एम्पुल, आइबुनर्फिन ७० एम्पुल, फेनारगन ७२ एम्पुल गरी २ सय १६ एम्पुल लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
अभियुक्त प्रेमा र कोपिलालाई लागू औषध मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी हमालले बताए ।






















