राजनीति

आगामी राष्ट्रिय सम्मेलन काठमाडौं मै गर्ने माओवादी केन्द्रको निर्णय

जगत ठाडा मगर
२०७८ कार्तिक २३ | मध्यान्ह ०६:०७ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पुसको ११ देखि १३ गतेसम्म तय गरेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको छ भने प्रदेश पदाधिकारीहरुको सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरी टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । त्यसैगरी बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरेको उनले बताए ।

बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमती कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडी नबढाउने कुरा भएको पनि महराले बताए । उनले भने, ‘एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ, हाम्रो पार्टी केही कुरा राष्ट्रिय सहमती कायम नभइकन, केही संशोधन, परिमार्जन नभइकन अगाडि नबढाउने भन्ने कुरा भाछ । एमसीसीको कतिपय कुराहरु आपत्तिजनक छन् । केही कुरा परिमार्जन नभइकन र राष्ट्रिय सहमती, सबै दलको सहमत नभइकन अगाडी बढ्दैन ।’

कमेन्टहरु