पाल्पामा मंगलबार २०९ परीक्षणमा २१ जनामा संक्रमण पुष्टि


पाल्पा । पाल्पामा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका २१ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका ५ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका ५ जना, तिनाउ गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ६ जना गरी जम्मा २१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ७५ पुगेको छ ।
सक्रिय संक्रमितमध्ये ६७ जना होम आइसोलेसनमा र ४ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । एन्टिजेन र पीसीआर माध्यमबाट कुल २०९ जनाको परीक्षण गरिएकोमा २१ जना संक्रमित पुष्टि भएका हुन् । यस्तै स्वास्थ्य कार्यालयले मंगलबार १० जना संक्रमणमुक्त भएको जनाएको छ ।






















