समाज

मेयर धर्मेन्द्र पटेलद्वारा देवाही गोनाही नगरपालिका स्वास्थ्य चौकी तथा प्रसुती गृह भवनको उद्घाटन

जगत ठाडा मगर
२०७८ कार्तिक २३ | मध्यान्ह ०१:०७ बजे

सुनिल कुमार रजक
रौतहट, कार्तिक २३ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले देवाहीमा स्वास्थ्य चौकी तथा प्रसुती गृह भवनको उदघाटन गर्नु भएको छ ।

मेयर पटेलले सोमबार एक कार्यक्रमकाबीच नवनिर्मित स्वास्थ चौकी तथा प्रसुती गृह दुईतल्ले भवनको रिबन काटेर उदघाटन गर्नु भएको हो । पहिलो तल्लामा ७ वटा कोठा र दोस्रो तल्लामा ७ वटा कोठा सहितको उक्त भवनको निर्माणमा नगरपालिकाको कुल ७८ लाख रुपैयाको लगानीमा यो दुतले स्वास्थ्य चौकी तयार भएको युवा मेयरले बताएका छन् ।

कार्यक्रममा वडा सदस्य फागु साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भवन उदघाटन समारोहमा प्रमुख अतिथि मेयर धर्मेन्द्र पटेल, विशिष्ट अतिथि : जिल्ला समन्वय समितिका उपसभापति राम वशिष्ठ यादव, ईश्वरी यादव, दाइनुरुल्लाह वडा अध्यक्ष राजेश साह, ईलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख ईन्स्पेक्टर राजनलम्साल, सशस्त्रका ईन्स्पेक्टर विक्रम बोक्टी लगायत १००० हजारौं जनाको सहभागिता रहेको थियो ।

कमेन्टहरु