राजनीति

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

जगत ठाडा मगर
२०७८ कार्तिक २३ | मध्यान्ह ०१:०७ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा साढे ११ बजेदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

स्रोतका अनुसार पार्टीको आन्तरिक सांगठनिक विषयमा समेत छलफल भइरहेको छ । आगामी पुसमा पार्टीले राष्ट्रिय सम्मेलन गर्ने भएको छ । त्यसअघि पार्टी संगठनलाई व्यवस्थित बनाउने प्रयासमा रहेको माओवादी केन्द्रले कात्तिक २५ गतेसम्म सदस्यता अद्यावधिक गर्ने टाइमलाइन तोकेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक संयन्त्रलगायतका विषयमा ब्रिफिङ गरेका छन् ।

सरकारका काम कारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्ने तथा राष्ट्रिय सभा र उपनिर्वाचनको तालमेलबारे सहजीकरण गर्ने गरी सत्तारुढ दलले संयन्त्र गठन गरेका हुन् ।

कमेन्टहरु