देश

पर्साबाट स्रोत नखुलेको नगद रु २० लाख सहित एकजना पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक २३ | मध्यान्ह १२:०७ बजे

पर्सा । पर्साको वीरगंज महानगरपालिका-८ घण्टाघरबाट स्रोत नखुलेको नगद रु २० लाख सहित एक जना पक्राउ परेका छन् । बाराको बिश्रामपुर गाउँपालिका-५ नकटुवाका ३१ वर्षीय चन्दन कुमार साह पक्राउ परेका हन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनीमाथि बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कमेन्टहरु