समाजसेवी महेश चौधरीको ब्यक्तीगत लगानीमा प्रथम गोल्डकप सुरु


महेश सिंह
सिरहा, २३ कार्तिक । सिरहाको लहान नगरपालिका १५ बानो गाउँस्थित संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा संचालित प्रथम गोल्डकप सोमबारदेखि सुरु भएको छ ।
पहिलो दिनको उद्घाटन खेलमा सिन्धुलीको दुधौली एकता फुटबल क्लबले लहान फुटबल क्लबलाई २–० अन्तरले पराजित गरेको छ । समय अभावको कारण पहिलो दिनको खेल ४० मिनेटको थियो । पहिलो २० मिनेटको हाफ र दोस्रो हाफमा दुधौली एकता क्लबको खेलाडीले गोल गरेका थिए ।
फाइनल खेलमा प्रथम हुनेलाई मेडलसहित ५० हजार रुपैयाँ र दोस्रो हुनेलाई मेडलसहित ३० हजार रुपैयाँ पुरस्कार दिइने बानो फुटबल क्लबका अध्यक्ष आनन्द चौधरीले जानकारी दिए । खेलको उद्घाटन नेपाली कांग्रेसका पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य पदमनारायण चौधरीले गरेका थिए । मन्तव्यको क्रममा चौधरीले कुलतबाट बचाउन युवाहरुलाई खेलतर्फ आकर्षित गर्नुपर्ने बताएका थिए ।
समाजसेवी कर्माचार्यको गरिब विपन्न बस्तीमा राहत वितरण गर्ने क्रममा कोरोना संक्रमित भई मृत्यु भएको थियो । उनको समाजसेवाको सपना अनुसार मृत्यु भएको दिन हरेक महिना २२ गते प्रतिष्ठान मार्फत समाजसेवा कार्यलाई अगाडि बढाएको प्रतिष्ठानका अध्यक्ष महेश चौधरीले जानकारी दिनु भयो । श्रीमति संगिता कर्माचार्यको सम्झनामा संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा खेलकुद प्रतियोगिताको आयोजना गरेको समाजसेवी महेश चौधरीले बताउनुभयो ।
“२०७८ जेठ २२ गते मेरो श्रीमती संगिता कर्माचार्यको कोरोनाको कारण अकालमा मृत्यु भएको छ, सम्झना स्वरुप प्रत्येक महिनाको २२ गते सामाजिक काम गर्ने प्रतिबद्धता गरे अनुरूप आज खेलकुद प्रतियोगिता संचालन गरेको र यस प्रतियोगितामा मेरो ब्यक्तिगत तर्फबाट लाखौ खर्च भएको छ ” उनले भने ।
दोश्रो दिनको खेल समसेरपुर सप्तरी र बिएफसि सिरहाबिच हुन्छ भने दिउँसो १ बजेको खेल जिवाईसी धनुषा र गोलवजार स्पोर्ट्स एफसी सिरहाबिच हुने आयोजक प्रतिष्ठानको अध्यक्ष महेश चौधरीले जानकारी दिनु भयो । उदघाटन समहरोहमा समाजसेवी तथा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य महेश चौधरी, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति अच्छ्मित लाल चौधरी, वडा न.१५ का वडा अध्यक्ष तेजनारायण चौधरी, समाजसेवी बिरेन्द्र चौधरी लगायतको उपस्थिती रहेको थियो ।
खेलको सम्पुर्ण खर्च समाज सेबी महेश चौधरीले बेहोर्नु भएको छ।






















