Opens in a new tab

देश

डिभिजन वन कार्यलय लहानद्धारा ठुलो परिमाणको काठ बरामद

जगत ठाडा मगर
२०७८ कार्तिक २३ | बिहान ०८:०७ बजे

महेश सिंह
सिरहा,२३ कात्तिक । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ९ पुलिस पटा भने चुरे वन क्षेत्रमा पर्ने वनभित्र लुकाई छिपाई राखेको करिब ५१ थान साखु जातको चिरानको काठ बरामद गरेको छ ।

जम्दार भोगेन्द्र प्रसाद यादवको नेतृत्व अर्थात कमान्डमा खटीएको गस्ती टोलिले गोप्य सूचनाको आधारमा डिभिजन वन कार्यालय लहान र सब डिभिजन वन कार्यालय मिर्चैयाको सशस्त्र रक्षकको गस्ती गस्ती टोलिले संयुक्त रूपमा वन क्षेत्रमा गई करिब अन्दाजी ५० के.बी. फिट साखु जातको चिरान काठ बरामद गरेको हो ।

हालको बजार मुल्य करिब २ लाख ५० हजार पर्ने काठ बरामद गरी डिभिजन वन कार्यालय लहानमा बुझाएको जम्दार भोगेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो । चुरे क्षेत्रको वनबाट अवैध रुपमा तस्करहरुले काठ ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिनु भयो ।

वन रक्षकहरुलाई देखेपछि तस्करहरु काठ र साइकल छोडेर भागेको दासले बताए । दासका अुनसार सिरहा जिल्लामा साल काठ नहुदाँ छिमेकी जिल्ला उदयपुरबाट चोरी पैठारी गरी ल्याउने गरिन्छ । यस विषयमा आवश्यक अनुसंधान भई रहेको डिभिजनल वन अधिकृत दासले बताए । काठ पक्राउ गर्न आवश्यक सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गाेलबजारको टोलि सहयोगको लागी घटनास्थल पुगेका थिए ।

बरामद गरेको काठ डिभिजन वन कार्यलय लहानमा राखीएको र थप अनुसन्धान भई रहेको जम्दार भोगेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो ।

कमेन्टहरु