देश

भिखारी आतंक कायम

जगत ठाडा मगर
२०७८ कार्तिक २३ | बिहान ०८:०७ बजे

विनोद मण्डल
सिरहा, कार्तिक २३ । मुलुकको अधिकांश दक्षणी भागहरू छिमेकी राष्ट्र भारतसंग जोडिएको प्रदेश नं २ को जिल्लाहरुमा महान पर्व छठको पुर्व सन्ध्यामा भिखारी आतंक कायम रहेको छ ।

प्रदेशका मुख्य शहरहरू राजविराज, जनकपुर लगायतका ठाउँमा भारतीय भिखारीहरुले हातमा छठमा प्रयोग हुने सामग्री कोनीया लिएर सयौंको संख्यामा पर्वको बहानामा भिख मागिरहेको प्रशस्त देख्न सकिन्छ । भिख माघ्ने कार्यमा महिला युवालाई देख्न सकिन्छ ।

अन्य बेला नेपाल र नेपालीलाई भिखारी भनेर हेप्ने भारतले हाम्रो देशमा भिखारीहरुलाई परिचालित गराएर आखिर गर्न खोजेको के हो ? यो नेपाल राष्ट्रको लागि अशल संकेत पक्कै पनि होइन । नेपाली माथिको अत्याचार बदनामी तत्काल सबैतिरबाट बन्द गरिनु आजको आवश्यकता महसुस गरिएको छ ।

कमेन्टहरु