देश

प्रधानन्यायाधीशले बोलाएको न्याय परिषद् बैठकमा नजाने बारको निर्णय

जगत ठाडा मगर
२०७८ कार्तिक २३ | बिहान ०६:०७ बजे

काठमाडौ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबराले बोलाएको न्याय परिषद् बैठकमा नजाने निर्णय गरेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत बारको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त बैठकले प्रधानमन्त्री र दलहरुले अहिलेको अवस्था अवगत गराउने र अदालतबाट दंगा प्रहरी अविलम्ब हटाउन माग गर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए । साथै बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआउँदासम्म आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ ।

कमेन्टहरु