देश

सिरहा गोलबजारको फर्निचर शोरुममा आगलागी हुदा लाखौंको क्षति

जगत ठाडा मगर
२०७८ कार्तिक २२ | मध्यान्ह ०८:०७ बजे

सिरहा । सिरहाको गोलबजारमा रहेको एक स्टिल फर्निचर शोरुममा सोमबार अपरान्ह आगलागी हुँदा लाखौंको सामान जलेर नष्ट भएको छ ।

सिरहा गोलबजार नपा ६ मा रहेको ज्योती स्टेशनरीले सञ्चालन गरेको फर्निचर शोरुममा रहेको स्टिल दराज, टेवल, फर्निचर निर्माणमा प्रयोग हुने फम, म्याट, कार्पेट लगायतका सामाग्री जल्दा करिव १२ लाखको मूल्य बरावरको सामाग्री जलेको प्रहरीले बताएको छ ।

गोलबजार नगरपालिका ६ दोहटियाका योगेन्द्र यादबको घर भाडामा लियर सञ्चालन गरेको शोरुममा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । गोदाममा करिब १२ लाख मुल्य बराबरको सामान रहेको सन्चालक ज्योती नायकले बताए । जसमध्ये सवै सामाग्री जलेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख सन्तोष राईले जान्कारी दिए ।

आगो गोलबजार नगरपालिकाको बारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले करिव एक घण्टा लगाएर नियन्त्रणमा लिएको थियो ।

कमेन्टहरु