नयाँ गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट

जगत ठाडा मगर
२०७८ कार्तिक २२ | मध्यान्ह ०७:०७ बजे

बुटवल । बुटवलको नयाँ गाउँमा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । सडक पक्की गर्नका लागि अलकत्रा पगाल्न बालिएको आगोबाट आगलागी भएको हो ।
सोमबार साँझ ५:३० बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बुटवल उपमहानगरपालिकाको दमकलसहित इलाका प्रहरी कार्यालयको टोली आगो नियन्त्रणमा खटिएका छन् ।
प्रहरीका अनुसार आगो निभाउन सैनामैना नगरपालिकाबाट पनि दमकल झिकाइएको छ । घटनाको क्षतिबारे पूर्ण विवरण आउनै छ ।






















