समाज

पोखरी अलपत्र बन्दै सम्बन्धित निकाय मौन

जगत ठाडा मगर
२०७८ कार्तिक २२ | मध्यान्ह ०५:०७ बजे

विनोद मण्डल
सिरहा, कार्तिक २२ । सिरहाको धनगढीमाई – १३ मा करिब एक वर्ष अगाडि निर्माण गरिएको पोखरी हिउँद यामको शुरुवातसँगै सुक्न थालेका छन् ।

वि.सं २०७७ /१०/१५ मा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति सलकपुर मोरङको मातहतमा च्यान डाँडा पोखरी निर्माण उपभोगता समितिद्वारा करिब १३ लाख लगानीमा पोखरी खन्ने कार्यको थालनी भएको थियो । गएको जेठ १५ गते कामको समापन भएको घोषणा पनि गरिएको थियो । तर पोखरी अधुरो रहेको स्थलगत निरिक्षणबाट सजिलै थाहा पाउन सकिन्छ ।

photo 2021 11 08 04 05 57

करिब ११० घर लाभान्वित हुने उदेश्यका साथ थालिएको काम कागजी रूपमा मात्रै सम्पन्न भयो तर पोखरीमा पानी अडिएन । स्थानियले पोखरीको सदुपयोग गर्न पाएनन् वास्तविकता के हो ? कुल लागत कति खर्च भयो ? पोखरीलाई विकासको पूर्वाधार त्यस ठाउँमा मानिनुको प्रमूख कारण के हो ? र पोखरी खन्ने पैसा अन्य काममा लगाउँदा उपयुक्त हुने थियो कि ? यिनै प्रश्नहरू यतिबेला स्थानिय जनताको मन मस्तिष्कमा उब्जिएको छ । सम्बन्धित निकाय धनगढीमाई नगरपालिकाको ध्यान आकर्षण गर्नु पर्ने देखिन्छ ।

कमेन्टहरु