Opens in a new tab

देश

रड प्रहार गरेर व्यापारीको हत्या गरेको आरोपमा युवक पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक २२ | मध्यान्ह ०४:०७ बजे

कैलाली । कैलालीमा व्यापारीको हत्यामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका–४ जनकपुर बस्ने ५५ वर्षीय पदम आचार्यको हत्या गरेको आरोपमा युवक पक्राउ परेका हुन्।

मोहन्याल गाउँपालिका–४ सिम्लीखोला नजिकै पसल सञ्चालन गर्दै आएका उनको आइतबार दिउँसो हत्या गरेको आरोपमा दैलेखको गुराँस गाँउपालिका–३ खिमडीका १८ वर्षीय जीवन शाही ठकुरी पक्राउ परेका हुन्।

सामान्य विवादका कारण महरा निर्माण सेवाबाट सञ्चालित टिपरमा खलासी काम गर्दै आएका ठकुरीले रड प्रहार गरी आचार्यको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

निज ठकुरीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान जारीरहेको डिएसपी विष्टले बताए।

कमेन्टहरु