समाज

छठ पर्बको उपलक्ष्यमा घडिअर्वा स्पोर्ट्स क्लबद्वारा रक्तदान

जगत ठाडा मगर
२०७८ कार्तिक २२ | मध्यान्ह ०४:०७ बजे

वीरगंज । हिन्दूहरूको महान पर्ब छठको उपलक्ष्यमा वीरगंज स्थित घडिअर्वा स्पोर्ट्स क्लबले रत्कदान कार्यक्रम सम्पन्न गरेको छ। घडिअर्वा स्पोर्टस क्लवको आयोजनामा घडिअर्वा पोखरीमा गरेको रक्तदान कार्यक्रम मा ८२ पोका रगत संकलन भएको छ ।

छठ पर्बको पहिलो दिन अर्थात नहाय-खायको अवसरमा घडिअर्वा पोखरी परिसरमा आयोजित कार्यक्रममा २ महिला सहित ८२ जनाले रक्तदान गरेका छन।

घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष लखनलाल गुप्ताको सभापतित्व र वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रमको सुरुवात वीरगञ्ज महानगरपालिका का कार्यपालिका सदस्य सुशील कुमार कानुले रक्तदान गरेर शुभारम्भ गर्नु भएको थियो ।

घडिअर्वा स्पोर्ट्स क्लबले प्रत्येक वर्ष छठ पर्वको अवसरमा रक्तदानको आयोजना गर्दै आएको छ ।

कमेन्टहरु