जनताको जीवन रक्षाको लागि सरकार गम्भीर : गृहमन्त्री

जगत ठाडा मगर
२०७८ कार्तिक २२ | मध्यान्ह ०२:०७ बजे

जनकपुरधाम । आम जनताको जिवन रक्षाको लागि नेपाल सरकार गम्भिर रहेको गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन् । उनले नेपाली जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए ।
सोमबार जनकपुरधाममा कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन आएका गृहमन्त्री खाँडले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको कुनै पछि स्थानमा स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने अधिकारलाई सुनिश्चितताको लागि सरकार प्रयत्नशिल रहेको बताए ।






















