देश

दाङको बबइमा जीप दुर्घटना हुदा एकको मृत्यु, १६ जना घाइते

जगत ठाडा मगर
२०७८ कार्तिक २२ | मध्यान्ह ०१:०७ बजे

बुटवल । सल्यानको कालिमाटीबाट दाङको बबइतर्फ आउदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सल्यानको कालीमाटी गाउँपालिका-३ का अन्दाजी ४० वर्षीय देबबहादुर सुनारको घटनास्थल मै मृत्यु रहेको प्रहरीले जनाएको छ । मृतक सुनार आफै जिपका मालिक हुन् । सल्यानको कालीमाटीबाट दाङको बबइ गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटना हुँदा अन्य १६ यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार घाइते तीन जनाको अवस्था गम्भीर रहेको छ । दाङको बबइ गाउँपालिका-३ ठाडो खोलामा बिहान करिब ९ बजेतिर जिप दुर्घटना भएको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

सामान्य घाइतेलाई उपचारका लागि तुलसीपुर पठाइएको र गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु