राजनीति

पार्टीको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन ओली विराटनगर आउँदै

जगत ठाडा मगर
२०७८ कार्तिक २२ | मध्यान्ह ०१:०७ बजे

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी ओली विराटनगरमा आयोजना गरेको पार्टीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन विराटनगर आउँदै छन् ।

नेकपा एमाले मोरङले पार्टी कार्यालय पांचालीमा चियापान कार्यक्रम आयोजना गरेको छ । दसैं, तिहार र छठ पर्वको अवसर पारेर एमालेले हरेक वर्ष जिल्ला पार्टी कार्यालयमा चियापान कार्यक्रम गर्दै आएको छ । तर, कोभिडका कारण अघिल्लो वर्ष भने कार्यक्रम स्थगित गरिएको थियो ।

कार्यक्रममा सहभागी हुन मोरङका विभिन्न क्षेत्रबाट कार्यकर्ता विराटनगरमा भेला भएका छन् । कार्यक्रमस्थलमा केन्द्रीय सदस्य र प्रदेशस्तरका नेताहरु आई पुगेको एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले बताउनुभयो ।

कमेन्टहरु