देश

मौलापुर नगरपालिको नगर प्रमुख साहद्वारा भकुवा खोलामा झोलुङ्गे पुलको उद्घाटन

जगत ठाडा मगर
२०७८ कार्तिक २१ | मध्यान्ह ०७:०७ बजे

सिताराम साह
रौतहट, कार्तिक २१ । रौतहटको मौलापुर नगरपालिका वडा नं. ५, पतौरास्थित भकुवा खोलामा निर्मित झोलुङ्गे पुल नगर प्रमुख रिना कुमारी साहले उद्घाटन गरेका छिन ।

पुलको लम्बाइ १०५ फिट चौडाई ४ फिट रहेको छ । २८ लाख ६० हजारमा पुल निर्माणबाट पतौराका सर्वसाधारणहरुलाई जुनसुकै समयमा आवतजावतमा कुनै समस्या नहुने नगरप्रमुख साहकी भनाइ रहेका छन । कृषि कर्मको लागि सुरक्षीत रूपमा भकुवा खोला ओहोरदोहोर गर्न सजिलो हुने उनले बताईन ।

पुलको उद्घाटन कार्यक्रममा नगर उप-प्रमुख गौरीशंकर जयसवाल, मौलापुर नगरपालिकाको प्रमुख प्रसाशकीय अधिकृत रामबाबु साह, वडा अध्यक्ष वहिदार राउत कुर्मी, स्थानीय नेताहरू एवं जनसमुदायको उपस्थिति रहेको थियो ।

कमेन्टहरु