थप १४३ जनामा कोरोना संक्रमण पुष्टि, नाै जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक २१ | मध्यान्ह ०५:०७ बजे

काठमाडौ । देशभर थप एक सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक सय ४१ र एन्टिजेन परीक्षणमा दुईजनामा संक्रमण देखिएको हो ।
यो अवधिमा एक हजार नौ सय ८० जनाको पिसिआर परीक्षण र तीन सय ५३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर सात हजार सात सय १३ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार पाँच सय ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा नौजना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार चार सय ४८ पुगेको छ ।






















