देश

धारिलो हतियार प्रहारबाट एक युबकको हत्या

जगत ठाडा मगर
२०७८ कार्तिक २१ | मध्यान्ह ०२:०७ बजे

दाङ । दाङमा एक युवकको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका- ४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार स्थानीय युवाहरुको लाठ्ठि र धारिलो हतियार प्रहारबाट पुन्को हत्या भएको हो।

घाइते अवस्थामा रहेका पुनको उपचारको क्रममा राप्ति प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। अर्का एक जना घाइते भएका छन्। कपुरकोटका शंकर डागी गम्भीर घाइते रहेको प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्न रहेकाहरु सबै फरार रहेको र उनीहरुको खोजी कार्य तीव्र पारिएको अर्यालले बताए।

दुई गाउँका युवाबीच पहिलेदेखि मनमुटाव रहेको र शनिबार भेट भएपछि घटना घटेको पाइएको डीएसपी अर्यालले बताए।

कमेन्टहरु