सर्लाही प्रहरीले २ घण्टाभित्र चोर सहित मोटरसाईकल बरामद


सर्लाही, २१ कात्तिक । सर्लाहीबाट चोरी भएको मोटरसाईकल प्रहरिले २ घण्टाभित्र चोरि गर्ने ब्यक्ति सहित नियन्त्रणमा लिएको छ ।
सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालको प्रांगणमा रहेको रातो रंगको प्यासन प्रो मोटरसाईकल शनिवार राती पौने ८ बजेको समयमा चोरि भएको थियो ।
मोटरसाईकल चोरि भएको खबर प्राप्त हुनासाथ जिल्ला भरीका सबै प्रहरी युनिटलाई खबर गरि खोजतलासलाई तिब्र पारिएको र मोटरसाईकल र चोरि गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रहरी निरिक्षक कृष्ण गीरिले जानकारि दिए ।
खोजतलासका क्रममा बिश्वकर्मा चोकमा मोटरसाईकल देखिएपछि प्रहरीले रोक्न खोजेको थियो । सो क्रममा मोटरसाईकलले प्रहरीलाई ठक्कर दिई भागेको थियो । प्रहरीले ५०० मिटरसम्म लखेटेर सो मोटरसाईकल र चोरि गर्ने व्यक्ति मलंगवा नगरपालीका ३ बस्ने १९ बर्षिय बोसिम अन्सारिलाई नियन्त्रणमा लिन सफल भएको प्रहरि निरिक्षक गीरिले बताए ।
मोटरसाईकल नियन्त्रणमा लिने क्रममा ड्युटिमा खटिएका प्रहरि जवानको खुट्टामा सामान्य चोट लागेको उनले बताए ।






















