सर्वदलीय बैठकमा गल्ती स्वीकार गर्दै स्थानीयद्वारा खाेलियाे सरावल वडा नम्बर -६ काे तालाबन्दी


महेश यादव
नवलपरासी, २० कार्तिक ।पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ काे कार्यलयमा स्थानीयद्वारा गरिएको तालाबन्दी खाेलिएकाे छ । वडा भित्र रहेको विभिन्न संगठित पार्टीहरुकाे सर्वदलीय बैठकमा गल्ती स्वीकार गर्दै स्थानीयद्वारा वडा नम्बर -६ काे कार्यलयमा गरिएको तालाबन्दी खाेलिएकाे छ ।
सरावल गाउँपालिका वडा नम्बर -६ मा रहेको बालिनालि बाढीकाे कारणले पुर्ण रुपमा क्षति भएको विवरण संकलन गरेर पहिलै पठाईसकेकाे भन्दै वडा अध्यक्षले स्पष्टीकरण दिदै विचमा तिनदिनकाे अविरल वर्षकाे कारण भएको बालिनालि क्षतिकाे विवरण कृषि ज्ञान केन्द्रले माग गरेको वडा अध्यक्षले बताए । तर वडा नम्बर -६ मा जब पहिलै बाढीले बालिनालि पुर्णरुपमा क्षति भईसकेकाे विवरण पठाईसकेकाे छम भन्दै विचमा स्थानीयले वडा कार्यलयकाे जनप्रतिनिधि र कर्मचारी माथि लगाएको अाराेप लाई स्थानीयले गल्ती स्वीकार गरि तालाबन्दी खाेलेका छन ।
नेपाल काङ्ग्रेस निकटका स्थानीयद्वारा गरिएको तालाबन्दी लाई स्थानीयले सर्वदलीय बैठकमा गल्ती स्वीकार गरि तालाबन्दी खाेलेका छन । नेपाली काङ्ग्रेस निकटका पार्टी सदस्यले पार्टीका स्थानीयद्वारा गरिएकाे भुलचकमा तालाबन्दी माथि सर्विन्दा हुदै गल्ती स्विकार्दै तालाबन्दी खाेलेका छन । साथै राष्ट्रिय परिचयपत्रकाे लागि नेपाल सरकारद्वारा खटिएको वडा कार्यलमा राष्ट्रिय परिचयपत्र बनाउदै गरेको कर्मचारीलाई समेत धम्कीदिदै गरिएको तालाबन्दी सर्वदलीय बैठकमा स्थानीयले माफि माग्दै तालाबन्दी खाेलेका छन ।






















