देश

वन कुखुरालाई प्रहार गरेको बन्दुकको छर्राले श्रीमती ढलेपछि

जगत ठाडा मगर
२०७८ कार्तिक १७ | मध्यान्ह ०२:०७ बजे

गुल्मी । गुल्मीमा दुई दिनअघि जंगलमा वन कुखरा मार्न भनि एक पुरुषले ताकेको बन्दुकको छर्रा लागेर उनकै श्रीमती ढलेकी छन्। गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

कार्तिकको १५ गते राति करिव १० बजेको समयमा जिल्लाको मुसिकोट नगरपालिका–४, बडागाउँ काप्भलाका दिपक काउछा र उनकी ४२ वर्षीय श्रीमती वसन्ती काउछा घरबाट २ सय मिटरको दुरीमा पर्ने धारापानी जंगलमा वन कुखरा मार्न बन्दुक बोकेर गएका थिए। सोही क्रममा वन कुखुरालाई प्रहार गरेको गोलीको छर्रा उनकै पत्नीको ढाडमा लागेको थियो।

घटनास्थलमै घाइते भएर ढलेकी वसन्तीको हाल छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पारिवारिक स्रोतका अनुसार उनको पेटबाट गोलीका ४÷५ वटा छर्रा निकालिएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार उक्त घटनाबारे प्रहरीले मंगलबार मात्र जानकारी पाएको थियो ।

घटना घट्नासाथ फरार भएका दिपकलाई प्रहरीले सोही वडाको गजुङ्गा भन्ने स्थानमा लुकीछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कमेन्टहरु