कालीगण्डकी करिडोर अवरुद्ध

रासस
२०८३ अशोज ९ | बिहान १०:०६ बजे

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रवेणी–पूर्तिघाट सडकखण्ड अवरुद्ध भएको छ ।
उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२, राक्सेमा शुक्रबार (असोज ९) बिहान पहिरो खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कालीगण्डकी–४ भएर बग्ने पाती खोलामा जलसतह बढेपछि त्यस आसपास क्षेत्रमा पनि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएपछि उक्त क्षेत्रबाट बागलुङ, पाल्पा, बुटवल र पोखरा जाने सम्पूर्ण सवारीसाधन तथा यात्री बीचबाटोमा रोकिएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।






















