परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबिच भेटवार्ता

नवलपुर टुडे
२०८३ अशोज ९ | बिहान १०:०६ बजे

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबिच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा उनीहरुबीच नेपाल–बेलायत सम्बन्ध तथा पारस्परिक हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
मन्त्री खनालले नेपालले विपद्पछिको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम अघि बढाइरहेका सन्दर्भमा अन्तरराष्ट्रिय साझेदारी र सहयोगको महत्त्व रहेको बताए । दुवै पक्षले नेपाल–बेलायतबीच विद्यमान सहयोगलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।






















