देश

रुपन्देहीको सलाई उद्योगमा आगलागी

जगत ठाडा मगर
२०७८ कार्तिक १७ | बिहान ०९:०७ बजे

बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिकामा एक सलाई उद्योगमा आगलागी भएको छ ।

गएराति ८ बजेतिर उपमहानगर -१५ मा रहेको सेमलार पश्चिम कर्साघाटस्थित महालक्ष्मी सलाई उद्योगमा आगलागी भएको हो ।

रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाका अनुसार बुटवलसहित विभिन्न पालिकाबाट दमकलहरु मगाइ सुरक्षा निकाय, जनप्रतिनिधि र सर्वसाधारणको पहलमा राति नै आगो नियन्त्रणमा लिइएको थियो ।

क्षतिबारे विवरण भने अझै आइसकेको छैन ।

कमेन्टहरु