Opens in a new tab

खेलकुद

बिगु गाउँपालिका वडा नम्बर ८ थाङ्मीचागुमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

जगत ठाडा मगर
२०७८ कार्तिक १७ | बिहान ०६:०७ बजे

सन्तोष ठान्टी थाङ्मी
दोलखा । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ८ थाङ्मीचागुमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । बिगु गाउँपालीकाको आयोजनामा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथी गाउँ पालिका अध्यक्ष युधिस्ठिर खडका बिशेष अतिथि गाउँ पालिका उपाध्यक्ष सन्जिब ओली लगायत उपस्थित अतिथि सहभागी ।

बलिहाङ्ग पर्व दिपावलीको अवसरमा सोमवारदेखि थाङ्मीचागुको ठातिपोले प्रांगणमा सुरु भएको अन्तर वडास्तरिय प्रतियोगितामा बिगु गाउँपालिका भरिको ११ टिम सहभागी भएको छन र यो प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

प्रतियोगिताको विजेता टोलीले ३० हजार र उपविजेताले २० हजार नगदसहित टफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी तृतिय स्थान हाँसिल गर्ने टोलीले १० हजार र सान्त्वना हुने टोलीले ५ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खेलकुद समितिको आयोजक अध्यक्ष नबिन थामी र सहआयोजक कल्याणकारी युवा कल्बको बिक्रम थामीको अध्यक्षतामा भएको कार्यक्रममा बिगु गाउँपालिका प्रमुख अध्यक्ष युधिस्ठिर खडका उपाध्यक्ष सन्जिब ओली, कल्याणकारी युवा कल्बका सहआयोजक बिक्रम थामी खेलकुद समिति खोपाचागुको अध्यक्ष नवीन थामी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्टहरु