Opens in a new tab

खेलकुद

कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ मा महिला भलिबल प्रतियोगिता सुरु

जगत ठाडा मगर
२०७८ कार्तिक १७ | बिहान ०६:०७ बजे

चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ मा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ६ को आयोजनामा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले एक समारोहकाबीच उद्घाटन गरे ।

दिपावलीको अवसरमा सोमवारदेखि जनज्योती माविको प्रांगणमा सुरु भएको अन्तर वडा स्तरिय प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

प्रतियोगिताको विजेता टोलीले १५ हजार र उपविजेताले १२ हजार नगदसहित टफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी तृतिय स्थान हाँसिल गर्ने टोलीले ९ हजार र सान्त्वना हुने टोलीले ६ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडिलाई नगद एक हजार सहित ट्रफीको व्यवस्था गरिएको छ । वडा अध्यक्ष मानसिंङ थामीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख पाण्डे, कालिञ्चोक गाउँपालकाका अध्यक्ष विनकुमार थामी, उपाध्यक्ष कालिका पाठक, खेलकुद विकास समिति लापिलांगका अध्यक्ष विष्णु थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा आधा दर्जन बढि टिमले सहभागिता जनाएका छन्

कमेन्टहरु