प्रदेश २ मा पदक सम्बन्धी विधेयक प्रमाणिकरण

जगत ठाडा मगर
२०७८ कार्तिक १६ | मध्यान्ह ०६:०७ बजे

जनकपुरधाम, १६ कात्तिक । प्रदेश २ मा पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएको छ । मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले यो विधेयक प्रमाणिकरण गरेका हुन् ।
नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रदेश प्रमुखले प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । २६ असोज २०७७ मा पारित भएको यो विधेयक प्रमाणिकरणका लागि तत्कालिन प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ समक्ष जाँदा उनले केही सुझाव दिदैं विधेयक प्रमाणीकरण नगरी फिर्ता गरिदिएका थिए ।
फिर्ता गरिदिएको विधेयक पछिल्लो २२ असोजमा बसेको प्रदेश सभाको बैठकले पुनः पारित गरेको थियो ।






















