रेणु दाहाल : केपी ओलीकै कारण प्रकाशको मृत्यु


काठमाडौँ । नेकपा माओवादी केन्द्रकी नेतृ तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले केपी ओलीका कारण आफ्नो भाई प्रकाश दाहालको ज्यान गएको आरोप लगाएकी छिन ।
समाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै दाहालले (बुवा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) केपी ओलीलाई भोट माग्न झापा नगएको भए प्रकाशलाई बचाउन सकिने सम्भावना रहेको बताएकी हुन् । ‘ओलीलाई भोट माग्न आोलीको क्षेत्रमा ओलीसहित अध्यक्ष क. प्रचण्ड झापा जादा घरमा आमा मात्र, तेहि पनि पार्किन्सनको बिरामी । भाईको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुखद घटना घट्यो ।’ उनले फेसबुकमा लेखेकी छन् ।
‘घरमा परिवारका सदस्य कोहि पनि नभएको बेला सबै आआफ्नो चुनाबी मैदानमा, बिरामी आमा मात्र घरमा, अकालमा उपचार पनि नपाई ।’ उनले लेखेकी छन्, ‘के थाहा समयमै अस्पताल लैजान पाएको भए भाईको ज्यान जोगीन पनि सक्थ्यो।’ ‘झुक्किएर प्रचण्डलाई भोट माग्न दुई चोटी आएँ’ भन्ने ओलीको भनाईलाई खण्डन गर्दै उनले लेखेकी छन्, ‘यस्तो परिस्थितीबाट माओबादी सॅगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको, झन्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो ?’
उनले फेरी बहुमत ल्याएर प्रधानमन्त्री बन्न चुनैति समेत दिएकी छन्, ‘हो भने हामीले साथ छोडिदीदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त । धेरै नै फुर्ती लाउनेले अब सरकार बनाएर देखाए भो त।’
उनले ईतिहासमा दुई पटक प्रधानमन्त्री माओबादी कै सहयोगमा भएकाले ठुला कुरा नगर्न सुझाब दिएकी छन् ।भरतपुर महानगरपालिकाको अधिवेशन उद्घाटन गर्न गएका ओली प्रचण्डमाथि खनिएका थिए । आफूले दुई चोटी भोट मागेकाले प्रचण्ड विजयी भएको उनको आशय थियो । उनको यही भनाईलाई खण्डन गर्दै दाहालले फेसबुकमा स्टाटस लेख्दै अब सरकार बनाएर देखाउन चेतावनी दिएकी छन् ।






















