Opens in a new tab

देश

कैलालीमा करिब नगद रु २ लाखसहित १८ जना जुवाडे पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक १५ | बिहान ११:०७ बजे

कैलाली । कैलाली प्रहरीले जुवाखालबाट करिब २ लाखसहित १८ जनालाई पक्राउ गरेको छ । सोमबार राती करिब २ बजेतिर जिल्लाको बर्दगोरिया गाउँपालिका–६ पृथ्वीपुरस्थित बलाराम चौधरीको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सोही गाउँपालिकाका ३६ वर्षीय शुनिल चौधरी, ३८ वर्षीय टेकबहादुर रोकाया, ३८ वर्षीय चन्द्र सापकोटा, ३३ वर्षीय हेमबहादुर बम, ४६ वर्षीय विन्द्र थापा, २९ वर्षीय बरुण शमसेर राणा, ३२ वर्षीय आनन्द गौतम, ४० वर्षीय महेश डगौरा थारु, ४३ वर्षीय दिपक कुमार बुढा, ३० वर्षीय कमल बुचा मगर र ३६ वर्षीय ईन्द्र भण्डारी रहेका छन् ।

त्यसैगरी सोही गाउँपालिकाकै वर्ष ४२ का खुमेन्द्रबहादुर सापकोटा, वर्ष ४१ का अरुण शमसेर राणा, वर्ष ४३ को लक्ष्मण कुवर, वर्ष २९ का विरेन्द्र भण्डारी, वर्ष ४२ का मेघराज सापकोटा, वर्ष ३४ का शिवराज सापकोटा र लम्कीचुहा नगरपालिका–१० का ३२ वर्षीय तपेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुका साथबाट नगद रु १ लाख ८० हजार ७ सय ५० र ११ गड्डी तास बरामद गरिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

कमेन्टहरु