ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा १० घर जलेर नष्ट

नवलपुर टुडे

सारांश
ताप्लेजुङ, असोज ९ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा बिहीबार दिउँसो आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । आगलागीबाट १७ घरपरिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार दिउँसो १: ३८ बजे सुरु भएको आगलागीमा लाक्पाचुङ शेर्पा र भीम लिम्बूका दुई–दुईवटा घर जलेर नष्ट भएका छन् ।
त्यस्तै चन्द्रप्रसाद पौडेल, यामबहादुर आङबुहाङ, घनश्याम खरेल, राजु शेर्पा, शुक्रवीर लिम्बू र राजेन्द्र पौडेलको एक–एकवटा घर जलेका छन् । आगलागीका कारण भीम लिम्बूको घरमा बस्दै आएका अनिता विक, सुमन लिम्बू, लाक्पा शेर्पा, आरती लिम्बू र श्याम चोङवाङको धनमालसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । आगलागीको कारणसमेत खुल्न सकेको छैन । आगलागी नियन्त्रणमा स्थानीयवासी, सुरक्षाकर्मी तथा उपलब्ध साधनको प्रयोग गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाका सभापति इन्द्र गुरुङले आगलागीपीडित परिवारका लागि तत्काल राहतको व्यवस्था गरिने बताउनुभयो । उहाँका अनुसार पीडित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर राहत सामग्री उपलब्ध गराउने तयारी भइरहेको छ ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















