गोठमै पुगेर खाेरेत खोप लगाइँदै

रासस

सारांश
झापा । गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै जिल्लाका १५ वटै पालिकाका किसानले पालेका चौपायका गोठमै पुगी खोप लगाउने अभियान सुरु गरिएको छ ।
मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा असोज १ गतेदेखिनै खोप लगाउन सुरु गरियो । सोबाहेकका १३ वटा पालिकामा बिहीबारदेखि खोप लगाइँदैछ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले खोप लगाउने अभियानअन्तर्गत जिल्लाका एक लाख ९० हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाउने लक्ष्य लिइएको बताइन्।
उनले कनकाई, कचनकबल, हल्दिबारी र मेचीनगरमा छ हजार ८४८ गाईभैँसीलाई खोप लगाइसकिएको जानकारी दिइन् । खोप अभियानअन्तर्गत फार्म र गोठमै पुगेर खोप लगाउन १५ वटै पालिकामा १२१ जना दक्ष प्राविधिक परिचालन गरिएको छ।
असोज १५ गतेसम्ममा सबै १५ वटै पालिकाका ८० प्रतिशत गाईभैँसीलाई खोप लगाइसक्ने योजना बनाइएको उनले बताइन्। खोप अभियानका लागि कोशी प्रदेश सरकारबाट खोप र त्यसका लागि आवश्यक सामानग्री पालिकाहरूलाई उपलब्ध गराइएको छ । यसअघि झापामा खोरतविरुद्ध चौथो चरणको अभियान सम्पन्न भइसकेको छ।

पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















