सिद्धार्थ राजमार्गको पाल्पा सिद्धबाबा क्षेत्रमा राति सवारी आवागमन बन्द

नवलपुर टुडे

सारांश
पाल्पा। निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–सिद्धबाबा खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
कार्यालयले जारी गरेको सूचनाअनुसार २०८३ असोज ८ देखि १२ गतेसम्म प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहनेछ ।
नेपाल मौसम विज्ञान विभागले आगामी केही दिनमा अति भारी वर्षा हुन सक्ने सम्भावना औँल्याएपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखी यस्तो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
प्रशासनले सम्भावित विपदबाट हुने जोखिम न्यूनीकरणका लागि सबै यात्रु तथा चालकलाई निर्धारित समयको पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ । आपतकालीन अवस्थामा नेपाल प्रहरी १००, ट्राफिक प्रहरी १०३, सशस्त्र प्रहरी बल १११४ तथा जिल्ला आपत्कालीन केन्द्र १२३४ मा सम्पर्क गर्न सकिनेछ ।

बलिउडका सशक्त अभिनेता नाना पाटेकरको निधन

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, ५ जना घाइते विद्यार्थीको उद्धार

भोटेकोशी विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

‘लमजुङ दरबार’सँगै बाँचेको माया
अरुपनि पढ्नुहोस
सबै
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल–रुस सम्बन्धको ७०औँ वर्षगाँठ विशेष समारोहद्वारा मनाइयो

तनहुँ र नवलपुर जोड्ने कालीगण्डकी पुलको पहुँच सडक मर्मत सुरु















