प्रतापपुर बहुमुखी सहकारी संस्थाकाे ४५ ओै साधारण सभा सम्पन्न


नवलपरासी / कात्तिक १५ । पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ९ बेलाटारीमा रहेकाे प्रतापपुर बहुमुखि सहकारी संस्थाकाे ४५ ओै साधारणसभा सम्पन्न भएकाे छ ।
ग्रामीण क्षेत्रमा रहेका जनताहरुकाे लागि अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे यस संस्थाले बिभिन्न किसिमकाे जनचेतना मुलक कार्यक्रम समेत सन्चालन गर्दैै अाएकाे छ । अा.ब.२०७८/७९काे ४ कराेड १८ लाख ५५ हजार ३ सय ३१ रुपैया बराबर काे अायव्यय प्रस्तुत भएकाे थियाे । जसमा यस संस्थाले १६ लाख १६ हजार ३ सय ७७ रुपैयाँ बराबरकाे शुद्ध नाफा गर्न सफल भएकाे छ ।
यस संस्थाले कृषि, पशुपालन, बैदेशिक राेजगार, शैक्षिक लगायतकाे क्षेत्रमा लगानी गरि उक्त क्षेत्रका जनताहरुकाे अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे यस संस्थाका ब्यवस्थापक गाेबिन्द पाठकले बताउनु भयाे । यसैगरी घरघरमा काे सदस्य बनाउने समेत लक्ष्य रहेकाे बताईएकाे छ । कार्यक्रम संस्थाका अध्यक्ष मुक्तिनाथ पाण्डेकाे अध्यक्षता तथा प्रतापपुर गाउपालिकाका वडा न ९ का अध्यक्ष हेमन्द्र कुमार पजियारकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा नाैलाे बिहानी बहमुखि सहकारी गुठि प्रसाैनीका अध्यक्ष सत्यदेव पाण्डे, त्रिेवेणी बहुमुखी सहकारी संस्था कुडियाका अध्यक्ष प्रेमचन्द गुप्ता, गजेन्द्रमाेक्ष सहकारी संस्थाका अध्यक्ष केदारनाथ पाण्डे, प्रतापपुर गाउपालिका वडा न ८ का वडाध्यक्ष कादिर अलि, असारी वडा न २ का अध्यक्ष ईश्वरीप्रसाद चाैधरी लगायतले संस्थाकाे प्रगतिकाे लागि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पजियारले सहकारी देशकाे मेरुदण्डकाे रुपमा रहेकाले सबैले सहकार्य गरि सहकारीहरुलाइ अगाडि बढाउनु पर्नेमा जाेड दिनु भयाे । किसानहरुलाई राहत हुने भएकाेले सबैजना मिलि गाउगाउमा सहकारीकाे स्थापना गरिनु पर्ने कुरा बताउनु भयाे । साथै साधारण सभाबाट पुन मुक्तिनाथ पाण्डेकाे अध्यक्षतामा ११ सदस्यीय सन्चालक समिति गठन गरिएकाे छ ।
जसकाे उपाध्यक्षमा रमाशकर यादव, सचिवमा ऋषिकेशव उपाध्या, काेषाध्यक्षमा रामधारी केवट र सदस्यहरुमा एकनारायण न्याैपाने, बृन्दमाेहन यादव, पदमा बस्याल, गाेबिन्द चाैधरी, महेन्द्र प्रसाद चाैधरी र बाबुलाल चाैधरी लगायत रहनु भएकाे छ । त्यसैगरी केशवराज शर्माकाे संयाेजकमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन गरिएकाे छ । जसकाे सदस्यहरुमा दयाराम थारु र यमलाल पाण्डे रहनु भएकाे छ ।






















