प्रधानसेनापतिद्वारा रथीमा बढुवा भएका राणालाई दर्ज्यानी चिन्ह प्रदान

जगत ठाडा मगर
२०७८ कार्तिक १५ | बिहान ०८:०७ बजे

काठमाडौ । प्रधानसेनापति प्रभुराम शर्माले रथी पदमा बढुवा भएका सरोज प्रताप राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
आइतबार जंगी अड्डामा एक कार्यक्रमको आयोजना गरि प्रधानसेनापति शर्माले कार्तिक ११ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार रथी पदमा बढुवा भएका उपरथी मल्ललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
रथी दर्जामा पदोन्नति भएका राणा बलाध्यक्षमा नियुक्ति भएका हुन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।






















