नवलपरासीमा सुनको सिक्री चोरी गर्ने २ जना पक्राउ


कृष्ण गिरी
नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले चोरी भएको २ थान सुनको सिक्री सहित २ जना व्यक्तिलाई पक्राउ गरि कार्वाही अगाडि बढाएको छ । लु ७४ प ४५०८ नम्बरको मोटरसाईकलमा सवार रहेका नवलपरासीकाे सुनवल नगरपालिका वडा नं. १२ बस्ने देवराज यादव र रामग्राम नगरपालिका वडा नं. १३ बस्ने अजय केवटलाई प्रहरी पक्राउ गरेको हो ।
चाेरी घटनाकाे खबर पाएपछि खाेजतलासमा खटीएकाे बेला प्रहरीले दुबै जनालाई परासी बजार स्थित बुद्धचाेकमा पक्राउ गरेकाे नवलपरासी प्रहरीले जनाएको छ ।
घटना कार्तिक १३ गते बिहान १० बजेकाे हाे । बर्दघाट नगरपालिका वडा नं. ११ लण्डनब्रिज नजिक पैदल हिडिरहेकी एक महिलाले घाटीमा लगाई राखेको सुनको सिक्री मोटरसाईकलमा सवार अपरीचित मानिसहरुले लुटी भागेको थिए । प्राप्त सुचनाका अाधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाइ टोली खटिई चेकजाँच बढाई खोजी भइरहेकाे थियो । भने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ५ बुद्धचोकमा दिउंसाे १२ बजेको समयमा प्रहरीले पक्राउ गर्न सफल भएकाे हाे ।
निजहरुको साथबाट २ थान सुनको सिक्री प्रहरीले बरामद गरेको छ । बरामद भएको सिक्री मध्ये १ थान ऐ. १३ गते बर्दघाट नगरपालिका वडा नं. ११ लण्डनब्रिजबाट चाेरिएकाे तथा अर्को १ थान ऐ. ९ गते बर्दघाट नगरपालिका वडा नं.१३ धनेवा स्थितबाट चोरी गरेको खुल्न आएको छ । पक्राउ परेका दुबै जनालाई चोरी मुद्दामा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले अाइतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे हाे ।






















