देश

भारतबाट ल्याएको अवैध पटाका नष्ट

जगत ठाडा मगर
२०७८ कार्तिक १४ | मध्यान्ह ०७:०७ बजे

सर्लाही, १४ कात्तिक । सर्लाही प्रहरीले अवैध रुपमा भारतबाट ल्याइएका पटाका नष्ट गरेको छ ।

५२ हजार मूल्य बराबरको अवैध पटाका प्रहरीले बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवबुढा थोकिले बताए ।

उनका अनुसार उक्त पटाका आजै जिल्ला प्रहरी कार्यालय सर्लाहीको कम्पाउण्ड भित्र नष्ट गरिएको हो ।

कमेन्टहरु