देश

४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक १४ | मध्यान्ह ०१:०७ बजे

काठमाडौं । प्रहरीले ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ परखेडीका ५० वर्षीय करन सिंहलाई शनिबार राती पक्राउ गरेको हो । करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने प्रहरीको भनाइ छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कमेन्टहरु