जेठाजुको कुटपिटबाट एक महिला गम्भीर घाइते

जगत ठाडा मगर
२०७८ कार्तिक १४ | मध्यान्ह ०१:०७ बजे

महोत्तरी, १४ कात्तिक । घरायसी विवादमा एक महिलामाथि जेठाजुले निर्घात कुटपिट गर्दा गम्भिर घाइते भएकी छिन् ।
महोत्तरीको सम्सी गाउँपालिका वडा नम्वर ७ की २८ वर्षीया सीमा यादवलाई उनको जेठाजु ४० वर्षीय (छोटे)भन्ने जोगेन्द्र यादवले निर्घात कुटपिट गरेको हो । स्थानीयका अनुसार (छोटे)जोगेन्द्रले घरायसी विवादमा शनिबार राति निर्घात कुटपिट गर्दा सीमा गम्भीर घाइते भएकी छिन् ।
उनलाई उपचारको लागि जनकपुरस्थित बौधीमाइ हस्पिटलमा भर्ना गरिएको छ । कुटपिटपछि जेठाजु फरार भएको र उनको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सीमाकी श्रीमान् मनोज यादव करिब २ वर्ष देखि वैदेशिक रोजगारमा रहेको बुझिएको छ ।






















